हड्तालले स्वास्थ्य र शिक्षामा हलचल
काठमाडौं । स्वास्थ्यपछि शिक्षा क्षेत्रमा हलचल सुरू भएको छ । चिकित्सक कुटेको विषयलाई लिएर डाक्टरहरुले हडताल गरेको सेलाउन नपाउँदै शिक्षकहरू सडकमा उत्रिएका छन् । संघीय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौंको सडकमा उत्रिएका हुन् । हरेक कुरामा सडक तताएर र सेवा बन्ध गरेर मुलुकलाई तहसनहस बनाउने काम भएको छ । विवाद र नमिलेका कुरा वार्ता र छलफलबाट सम्बोधन गर्ने ठाउँ हुँदाहुँदै शैक्षिक संस्थामा हडताल गर्ने काम भएको छ । राज्यका निकायहरु निरीह बन्दा पेशागत अराजकता बढ्दै गएको छ ।
शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्तामा बोलाउँदा पनि वार्तामा नगर विद्यालय बन्द र बन्धक बनाउने काम भएको हो । जसरी डाक्टर कुटिदा अस्पतालको सेवा बन्द गरियो त्यसरी नै शिक्षामा नयाँ कानुन आउँदा स्कुल नै बन्द गराएर कोलाहल मच्चाउने काम भएको छ ।
बिहीबार देशभरका विद्यालय बन्द गराइएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भने स्कुल बन्द नगराउन निर्देशन दिएका छन् । शान्तिपूर्ण र भद्र आदोलनबाटै समस्या समाधान गर्नु र खोज्नु पर्नेमा बन्दको अराजक बाटो रोज्ने काम भएको छ । यसले शिक्षकहरुकै बदनाम भएको देखिन्छ ।
कमसेकम शिक्षकलाई विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिने हिम्मतवाला बालेन छन् । अस्पतालमा सेवा बन्द गर्नेलाई कारबाही गर्छु भन्ने हिम्मतिलो मान्छे देखिएको छैन । स्वास्थ्यले त्यस्तै नेतृत्व खोजेको छ । शिक्षकको हड्तालले स्वास्थ्यपछि अहिले शिक्षामा हलचल आएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस