देउराली सहकारीको वार्षिकोत्सवमा ९० जनाले निःशुल्क आँखा परीक्षण गराए
काठमाडौं । अनामनगरस्थित देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभाको अवसरमा ९० जनाले निशुल्क आँखा परीक्षण गराएका छन् । उक्त संस्थाका अध्यक्ष रक्षबहादुर रैका मगरका अनुसार संस्थाको वार्षिकोत्सवको अवसरमा झन्डै ९० जनाले निःशुल्क आँखा परीक्षण गराएका हुन् ।
देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिको संयुक्त आयोजनामा उक्त निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । संस्थाको वार्षिकोत्सवमा आयोजित निःशुल्क आँखा शिविर मा ९० जनाले आँखा परीक्षण गराउने मौका पाएका छन् ।
अनामनगरस्थित सहकारीकै कार्यालयमा आँखा शिविर सञ्चालन गरिएको हो । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका संयोजक समेत रहिसकेका युवराज सुवेदीले देउरालीको चुस्त व्यवस्थापन देखेर प्रशंशा समेत गरेका छन् । उनले यस्तो चुस्त र पारदर्शी व्यवस्थापन सहकारी कमै मात्र हुने भन्दै उनले आफू पनि उक्त सहकारीको सदस्यता लिने घोषणा गरे ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस