सरकारी जग्गा हडप्ने शिक्षामन्त्री राईको निजी स्कुलमा ताला लगाइयो


काठमाडौं । सरकारी जग्गा हडप्ने शिक्षामन्त्री अशोककुमार राईको निजी स्कुल स्वप्न बाटिका (एसभी) एकेडेमीमा ताला लगाएको छ । सरकारी जग्गा हडपेर रजाइँ गरिरहेको उक्त स्कुलमा अखिल (क्रान्तिकारी)ले ताला लगाएको हो ।

स्वास्थ्य लाइभले सरकारी जग्गा हडपेर शिक्षामन्त्री राईले निजी स्कुल चलाएको खुलासा गरेपछि अखिल (क्रान्तिकारी)ले एसभी एकेडेमीमा कालोब्यानर टाँसेको थियो । त्यो विषयमा कुनै सुनुवाई नभएपछि स्कुलमा ताला लगाएको हो ।

अखिल (क्रान्तिकारी)का अनुसार शिक्षामन्त्री राईको लगानी भएको काठमाडौंको स्वप्न बाटिका स्कुलको प्रिन्सिपल र लेखा शाखामा तालाबन्दी गरिएको छ । यो क्रम निरन्तर जारी रहने अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

त्यस्तै अखिल (क्रान्तिकारी)ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु राणाको युलेन्स, सांसद विनोद चौधरीको क्याम्पियनलगायत देशभरका मन्त्री, जनप्रतिनिधि, प्राध्यापक र सरकारी उच्चपदस्थहरुको लगानी भएका विद्यालयमा तालाबन्दी गरेको छ । शिक्षामन्त्री राईले सरकारी जग्गा खाएको भन्दै अखिल (क्रान्तिकारी) आक्रामक बनेको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #शिक्षामन्त्री अशोककुमार राई, #स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ