स्वास्थ्यमन्त्री अरुलाई दुषित पानी खुवाउँछन् आफू हिमालय मिनरल वाटर खान्छन्


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको नाटक विचित्रको छ । गत असार १८ गते राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा कालोपत्रे गरे । जति पत्रा कालो बनाए उज्यालो हुँदा त्यो भन्दा बढी प्रचार गरे । तर, उनको यो सुधार थिएन, एउटा नाटक थियो । त्यो कुरा पत्रकारले बुझेनन् वा उनले पत्रकार खुसी बनाएर राखेका छन् ।

गेटबाट भित्र छिर्दा निकै राम्रो देखिने बनाएका बस्नेतले दायाँबायाँ वास्ता गरेका छैनन् । यसको एउटा उदाहरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको क्यान्टिन मात्रै हेर्दा पुग्छ ।

मन्त्रीको आँखामा बादल मडारिएको हुन सक्छ तर, आम नागरिकले यसलाई दिनहुँ नियाली रहेका छन् । आफू हिमालय मिनरल वाटर खान्छन् तर, आम सेवाग्राही र खाजा खानेहरूलाई दूषित पानी खान बाध्य बनाउँछन् । हामीले लेख्नु भन्दा पनि तस्वीरले नै यसलाई थप पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा प्रयोग हुने पानी एक पटक सबैले हेर्दा बस्नेतको सक्कली अनुहार छर्लङ्ग देखिन्छ । के सफा सुन्दर बनाएको फुई लगाएको यसको जवाफ एउटा सचेत नागरिकले उनलाई माग्नुपर्छ । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनरल वाटरको पानी पिउँछन् ।

स्वास्थ्यका कुरा गर्नेले अरुलाई कस्तो पानी खुवाउँछन् स्पष्ट भएको छ । तर, मन्त्रीको चाकडी गर्नेहरूले यसलाई देख्ने र लेख्ने जमर्को गर्दैनन् । बरु यो पानी खाने हैन भन्न तिर लाग्छन् । नेपालको रसुवा जिल्ला जो ७ हजार मिटरको उचाइबाट निस्किएको पानी उनी प्रयोग गर्छन् । उच्च पहाडी भेगबाट निस्किएको मूलको पानी पिउँदा मिठो र स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ