आज बानेश्वरमा रक्तदान, अनामनगरमा आँखा शिविर
काठमाडौं । आज काठमाडौं महानगरपालिका वडा नम्बर १० नयाँ बानेश्वरस्थित छक्कु बक्कु पार्कमा रक्तदान कार्यक्रम राखिएको छ । लायन्स क्लब इन्टननेसनलको आयोजनामा उक्त रक्तदान कार्यक्रम राखिएको हो ।
नयाँ बानेश्वर व्यपार व्यवसायी संघका अध्यक्ष नवीन लुईंटलका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त रक्तदान कार्यक्रम सञ्चालन हुने छ । लायन्स क्लब अफ काठमाडौं टुगेदर फरइभरले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम राख्दै आएका छन् । नयाँ बानेश्वर व्यपार व्यवसायी संघका अध्यक्ष लुईंटेलको सक्रियताको उक्त क्षेत्रमा यस्ता रचनात्मक काम हुँदै आएका छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरमा आँखा शिविर हुने भएको छ । विभिन्न संघसंस्थाको आयोजनामा उक्त निःशुल्क आँखा शिविर हुन लागेको हो ।
त्यस्तै आजै काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ स्थित अनामनगरमा आँखा शिविर राखिएको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनामनगरको समाजिक विकास समाज हलमा निःशुल्क आँखा शिविर सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अनामनगर काठमाडौं, लायन्स क्लब अफ रामेछाप, तामाकोशी र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिको संयुक्त आयोजनामा उक्त निःशुल्क आँखा शिविर हुन लागेको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस