अनामनगरमा सांसददेखि सर्वसाधारणसम्मले आँखा जचाए

काठमाडौं । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठदेखि सर्वसाधरणसम्मले आँखा जचाएका छन् । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ स्थित अनामनगरमा राखिएको आँखा शिविर झन्डै डेढ सयले आँखा जचाएका हुन् ।
शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनामनगरको समाजिक विकास समाज हलमा निःशुल्क आँखा शिविर सांसददेखि सर्वसाधारणसम्मले आँखा जचाएका छन् ।
देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अनामनगर काठमाडौं, लायन्स क्लब अफ रामेछाप, तामाकोशी र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिको संयुक्त आयोजनामा उक्त निःशुल्क आँखा शिविर आयोजना गरेको हो । उक्त शिविरमा झन्डै डेढ सयले आँखा परीक्षण गरेको संस्थाका अध्यक्ष रक्ष बहादुर रैका मगरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस