दसैँ नजिकिएसँगै काठमाडौं महानगर स्वास्थ्य विभागको बजार अनुगमन तीव्र


काठमाडौं । दसैँ नजिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागको नेतृत्वमा अखाद्य वस्तु बेच्ने होटल तथा रेष्टुरेन्टमा अनुगमन तथा कारबाही गर्न थालेको हो ।

स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा काठमाडौं महानगरपालिका वडा नं. ३ लाजिम्पाट मा रहेको Pho 99 रेस्टुरेन्टमा ग्राहकको खाजा मःममा साङ्ला भेटिएको भन्दै ताला लगाएको छ ।

उपभोक्ताको गुनासो लाई मध्यनजर गरि आज महानगरको अनुगमन टोलि सोही रेस्टुरेन्टमा गई अनुगमन गरेको थियो ।अनुगमन गर्दा त्यहाँ खान नमिल्ने अखाद्य बस्तुहरु भेटिएको हुँदा Pho 99 रेस्टुरेन्टमा ताला लगाईएको महानगर प्रहरी बलले जानकारी गराएको हो ।

सोमबार मात्रै काठमाडौं महानगरपालिकाले बरुण वेभरेजलाई २ लाख रुपैयाँ जरिवाना तिराएको थियो । कालीमाटीमा बिक्री हुँदै गरेको स्लाइसको वोतलमा कालो लेदो देखिएपछि महानगरले जरिवाना गराएको हो । उपभोक्ताको गुनासो गरेपछि जरिवाना गराएको काठमाडौं महानगर प्रहरी बल जनाएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ