चाडपर्वमा स्वास्थ्य र सुरक्षाबारे बानेश्वरमा सचेतना कार्यक्रम


काठमाडौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चाडपर्वमा स्वास्थ्य र सुरक्षा बारे जनचेतनामूलक घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।

काठमाडौं नयाँ बानेश्वर र आसपासका क्षेत्रमा चाडपर्वहरूमा अपनाईनु पर्ने सावधानी सम्बन्धमा जनचेतनामूलक घरदैलो कार्यक्रममा सञ्चालन गरिएको हो ।

सामुदायिक सेवा समिति, बानेश्वरर-१० का अध्यक्ष एवं प्रदेश सांसद दिपेन्द्र श्रेष्ठका अनुसार स्थानीय विभिन्न सामाजिक संस्थाहरू र जनप्रतिनिधिहरुको संयुक्त आयोजनामा चाडपर्वहरूमा अपनाईनु पर्ने सावधानी सम्बन्धमा जनचेतनामूलक घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता समाजिक काममा बानेश्वर क्षेत्रका युवाहरू धेरै अगाडि देखिँदै आएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ