स्वास्थ्य लाइभ फलोअप
टेरामक्समा छिर्यो लेखा समिति
७ दिनभित्र टेरामक्ससम्बन्धी कागजात उपलब्ध गराउन निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले ३ अर्ब १५ करोड बढी हालेर खरिद गरेको ‘ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामाक्स)मा संसदको सार्वजनिक लेखा समिति छिरेको छ । टेरानक्स प्रविधि तत्काल लागू नगर्न निर्देशन दिएको लेखा समितिले थप छलफल गर्ने भएको हो ।
लेखा समितिले टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । शुक्रबार बसेकोे सार्वजनिक लेखा समिमिको बैठकले एनटीएलाई सात दिनभित्र टेरामक्स परियोजनासम्बन्धी सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको हो ।
नीति, कानुन, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिविनै कमिसनको चक्करमा लेबनानी कम्पनी भेनराइज सोलुसन्ससँग खरिद गरेको टेरामक्स अहिले विवादमा तानिएको छ । खरिद मूल्य र प्रक्रियामा मात्रै होइन टेरामक्सले राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको चर्चा छ । टेरामक्समा नाममा राज्यकोषको व्यापक दुरुपयोग भएको देखिन्छ ।
लेखा समितिले टेरामक्सको विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने भएको छ । लेखा समितिको आजको बैठकमा सांसदहरू जनार्दन शर्मा, राजन केसी, गोकुल बाँस्कोटालगायतका एनटीएले खरिद गरेको टेरामक्सको आलोचना गरेका थिए । उनीहरूले मूल्य, कानुन र एनटीएको भूमिकाको बारेमा कुरा उठाउँदै उक्त प्रविधि तत्काल लागू गर्न नहुने सुझाव दिएका हुन् । नियामकको भूमिकामा हुनु पर्ने एनटीए ठेक्कापट्टा लागेको भन्दै लेखा समितिका सदस्यहरूले असन्तुष्टि समेत जनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीव्र रुपमा छानबिन गरिरहेको टेरामक्समा लेखा समिति पसेको हो । टेरामक्स भएको चलखेल, खरिद प्रक्रिया, आवश्यकता र प्राथमिकताका विषयमा लेखा समितिले थप छानबिन सुरु गरेको छ । अख्तियारको छानबिन पनि लगभग अन्तिम चरणमा पुगेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस