चिसापानी अस्पतालमा सीजी सबल केन्द्र

काठमाडौं । नवलपरासी बर्दघाटस्थित चिसापानी अस्पतालमा सीजी सबल केन्द्र उद्घाटन भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा उक्त केन्द्र स्थापना भएको हो ।
हातखुट्टा नभएका देशभरका महानुभावहरूले यस केन्द्रबाट नि:शुल्क कृत्रिम हातखुट्टा जोड्ने सेवा प्राप्त गर्न सकिने सांसद विनोद चौधरीले जानकारी दिए ।
उनले आफ्नै निर्वाचन क्षेत्रमा सीजी सबल केन्द्र सञ्चालनमा ल्याएका हुन् । यो सेवालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न चौधरी फाउन्डेसन प्रतिवद्ध रहेको सांसद चौधरीको भनाइ छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस