बिराट मेडिकल कलेजद्वारा जाल्पापुरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । बिराट मेडिकल कलेजले सुनसरीको जाल्पापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बिराट मेडिकल कलेजको नियमित स्वास्थ्य शिविर जाल्पापुरमा सञ्चालन भएको हो ।
बिराट शिक्षण अस्पतालद्वारा सञ्चालित इनरुवा नगरपालिका वडा नम्बर १० जाल्पापुरस्थित निःशुल्क स्वास्थ्य शिविरमा सयौंको संख्यामा लाभान्वित भएका छन् । बिराटले विभिन्न विशेषज्ञसहित सञ्चालन गरेको स्वास्थ्य शिविरमा उल्लेख्य उपस्थिति रहेको जनाइएको हो ।
समाजिक उत्तरदायित्व अन्तर्गत बिराट मेडिकल कलेजले यस्ता स्वास्थ्य शिविर नियमित सञ्चालन गर्दै आएको छ । झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम जस्ता जिल्लामा केन्द्रित भएर बिराटले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो । अस्पतालमा गएर उपचार गर्न नसक्ने बिरामीले निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन पाएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस