हृदयघात भएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित अस्पतालमा भर्ना भए

काठमाडौं । हृदयघातका कारण उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङस्थित अस्पतालमा भर्ना भएका छन् । चीन भ्रमणमा रहेका श्रेष्ठलाई सामान्य हृदयघात भएर अस्पताल भर्ना गरिएको हो ।
असोज २९ गते तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङ पुगेका थिए । चीन भ्रमणमा रहेका उनलाई हृदयघात भएपछि बुधबार बेलुका बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस