डाक्टर श्रेष्ठद्वारा बिरामीसँग टीका-जमरा र आशिर्वाद आदानप्रदान

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक प्राध्यापक डाक्टर ऋषिकेश श्रेष्ठले अस्पतालमा उपचाररत बिरामीलाई टीका र जमरा लगाइ आशिर्वाद आदानप्रदान गरेका छन् ।
नेपालीहरुकाे महान पर्व बिजयदशमीकाे दिन निर्देशक श्रेष्ठलाई अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टीका र जमरा लगाइदिएकाे देख्न सकिन्छ । साथै उनले सेवामा खटिएका स्वास्थ्यकर्मीलाई पनि टीका लगाएर आशिर्वाद दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस