भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम र जाजरकोटलगायत भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमा अनुसार तत्कालै उद्दार राहत पुर्याउनलाई प्रधानमन्त्री स्वयं भूकम्प प्रभावित क्षेत्रमा गएका हुन् ।
साथै धेरै जनधनको क्षति भएको कारण डाक्टर र आवश्यक सामग्री बोकेर उद्दारको लागि नेपाल एयरलाइन्सको जहाज रुकुम जाने मन्त्री किराँतीले जानकारी दिए । जहाज रुकुम जाँदा पर्न गएको असुविधाप्रति उनले क्षमा याचना समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस