पूर्वसांसद कोमल वलीलाई मातृशोक

काठमाडौं । राष्ट्रिय सभाकी पूर्वसदस्य कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
पूर्वसांसद कोमलकी आमा दीपाको उपचारका क्रममा अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गितकार तथा समाजसेवी दीपा हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट ग्रसित थिइन् । नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य उनी १९९८ रोल्पामा जन्मिएकी हुन् । स्व. दीपाका कोमलसहित दुई छोरी र दुई छोरा रहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस