प्रदेश सचिव कुँवर स्वास्थ्य मन्त्रालय आए, प्रकाश गण्डकीको स्वास्थ्यमा गए

काठमाडौं । गण्डकी प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव विनोदबहादुर कुँवरको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

आन्तरिक राजस्व विभागको महानिर्देशकको भूमिकामा समेत काम गरिसकेका कुँवर प्रदेश सचिव भएर गएको लामो समय भएको थियो । उनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रमेश कुमार केसी भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् । केसी कै ठाउँमा कुँवर आउने भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत यदुचन्द्र घिमिरेको मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेलको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य सचिव बद्रीनाथ अधिकारीको प्रदेश नीति तथा योजना आयोगमा सरुवा गरिएको हो ।
क्याटेगोरी : समाचारट्याग : #विनोद कुँवर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस