सुर्तीजन्य पदार्थ जफत गर्दै महानगर प्रहरी

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले सुर्तीजन्य पदार्थ जफल गर्न थालेको छ । महानगर प्रहरी बल मातहत रहेको पूर्व क्षेत्र शाखाबाट खटिएको टोलीले प्रतिबन्धित सुर्तीजन्य पदार्थ जफत गर्न थालेको हो ।
काठमाडौं महानगरपालिकाले बिहीबारदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएसँगै प्रहरी परिचालन गरेर जफत गर्न थालिएको हो । खैनी, गुट्खा, पान, पराग वा यस्तै प्रकृतीका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको अनुगमन गरी रोक लगाउनुको साथै सुर्तीजन्य पदार्थहरू जफत गरिएको महानगर प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस