खरिद प्रक्रियामा पुर्ण पारदर्शिता अपनाइने
काठमाडौँ । स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगिता काैशल मिश्राले खरिद प्रक्रियामा पुर्ण पारदर्शिता अपनाइने बताएकी छन् । केही किथ्रे सप्लायर्सले खरिदमा आफू सहभागी हुन नसकेपछि विभिन्न आराेेप र धम्कीपूर्ण अभिव्यक्ति दिदै सेवामा समस्या ल्याउन खाेजेपछि मिश्राले खरिदमा कुनै पनि संका नगर्न सबैमा आग्रह गरेेकी हुन् ।
महानिर्देशक मिश्रा आफैमा पनि गलत कामको कट्टर बिराेधी भएकाले उनकाे नेतृत्वमा कसैकाे छाला हेरेर काखा र पाखा हुदैन । तर, कसैले स्वार्थ पूरा गर्न नपाएकाे झ्वाकमा उजुरी हाल्ने र केही मिडियामा समाचार लेखाएकै भरमा नागरिकलाई स्वास्थ्य सेवाबाट बन्चित गराउन नसक्ने उनिहरुकाे भनाइछ ।
व्यवस्थापन महाशाखाकाे काम कर्तव्यका बारेमा पत्रकारलाई बुझाउन नसक्दा पनि मिडियामा सिधै किथ्रे सप्लायर्सले स्थान पाएका छन् । यति मात्रै हैन, उनिहरुले दिएका समाचार नबुझी मिडयामा हाल्ने प्रवृत्ती बढ्दै गएकाे छ । यही विषयलाइ आत्मसात गर्दै स्वास्थ्य सेवा विभागले एक कार्यक्रमकाे आयाेजना गरेकाे हाे । साेही कार्यक्रममा महानिर्देशक डा मिश्राले खरीद प्रक्रियालाई विवाद रहित पारदर्शी ढंगले अघि बढाउने आफ्नो प्रयास रहेको बताइन ।
आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले स्वास्थ्यमा हुने खरीद प्रक्रिया तथा आपूर्ति व्यवस्थापन सम्वन्धी प्रक्रियालाई नियम कानुनकाे परिधिभित्र बाहिर लैजान नसक्ने बताए । उनले सार्वजनिक खरीद ऐन अनुसार नै खरीद तथा आपूर्ति हुने गरेको भन्दै नियमविपरित काम हुँदा त्यसले सफलता नपाउने स्पस्ट पारे ।
कार्यक्रममा एचएमआईएस शाखा प्रमुख कपिल तिमल्सेनाले स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीले कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस