अवैध स्मार्ट लाइसेन्स जारी धन्दामा हाम्रो संलग्नता छैन

काठमाडौं । १ लाख बढी अवैध स्मार्ट लाइसेन्स जारी धन्दामा नाम जोडिएका प्राविधिक कर्मचारीले समाचारमा आएको जस्तो आफुहरु सहभागी नभएको जनाएका छन् । तत्तकालीन केही कर्मचारीले स्वास्थ्य लाईभमा प्रकाशीत समाचार प्रति आफुहरुको चित्त नबुझेको बताएका छन् ।
समाचारको खण्डन गर्दै पवित्रा डंगोलले विभाग छाडिसकेको र निस्वार्थ काम गरेको स्पष्ट पारेकी छन् । छानविनको रिपोर्ट नआउँदै कपोकल्पित समाचार लेखेको भन्दै दुखेसो गरेकी छन् । त्यस्तै श्रीचन्द्र शाह, सुरज प्रकाश अर्याल, राजकुमार महर्जन, कपिला श्रेष्ठ थैब, केशबराज गौतम, भानु जाेशीले समाचारको खण्डन गरेका छन् । उक्त रिपोर्ट स्वास्थ्य लाईभले चाडै सार्वजनीक गर्ने छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस