कर कोषको रकममा स्वास्थ्य मन्त्रीको गिद्धे नजर, सबै रकम आफैलाई दिन धम्की 


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य कर कोषको रकममाथि गिद्धे नजर लगाएका छन् । कामको माखो नमारेका बस्नेतले स्वास्थ्यमा पैसा कमाउने भन्दा अन्य सोच बनाएका छैनन् । 

अघिल्लो वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक क्षेत्रमा काम गर्ने र क्यान्सर रोगको उपचार गर्ने ७४ वटा संस्थालाई अनुदान स्वरुप ४ करोड रुपैयाँ बिनियोजन गरेको थियो । अहिले पनि मन्त्रालयले सोही हाराहारीमा रकम बितरण गर्ने लक्ष्य लिएको देखिन्छ । तर, स्वास्थ्यमन्त्री बस्नेतले यस पटक हलो अड्काउने काम सुरु गरेका छन् । 

स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार हिजो आज कर कोषको बैठक बस्नुपर्ने थियो । तर, मन्त्रीले यस पटक सबै रकम आफैले पाउनु पर्ने अडान राखेपछि कर्मचारीहरूमा अन्योलता सृजना भएको छ । ”तल्लो तहका एक अधिकारीले भने, “म लिस्ट बनाउँछु त्यही अनुसार रकम वितरण गर्ने हो अन्यथा स्वीकार्य हुदैन ।” उसले रेडी बनाउँछु भनेको छ, के बनाउने हो । 

स्वास्थ्य क्षेत्रको इतिहासमा अहिलेको जस्तो निष्कृय कहिल्यै भएको थिएन । सबै भन्दा कमजोर मन्त्रीका रुपमा हेरिएका नेकपा यसका मन्त्री भवानी प्रसाद खापुङले समेत राम्रो छाप बनाएर बिदा भएका थिए । तर, बस्नेत स्वास्थ्यमा यस्तो भ्रष्ट मन्त्री भने इतिहासमा कहिल्यै उनी जस्तो मन्त्री स्वास्थ्यले पाउदैन । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ