वडा र स्वास्थ्य भवन वरपरको अवैध संरचनामा महानगरको डोजर


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा भवन वरपरको सरकारी जग्गामा बनेको अवैध संरचनामा डोजर चलेको छ । स्वास्थ्य लाइभले उक्त ठाउँमा अवैध संरचना रहेको तथ्य सार्वजनिक गरेपछि महानगरले डोजर लगाएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को स्वास्थ्य भवन वरपरको सरकारी जग्गामा पनि महानगरले संरक्षण गरेको छ । स्वास्थ्य भवनदेखि वार्दली रेन्टुरेन्टसम्मको अवैध संरचनामा महानगरले हटाइसकेको छ । वडा भवनसँगै जोडिएको जग्गामा पनि डोजर लगाइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा भवन रहेको क्षेत्रमा अतिक्रमित जग्गा पूर्ण रुपमा भने हटाइएको छैन । कसैको हटाउने र कसैको छोड्ने गरेकाले वडा कार्यालयको भूमिकामाथि स्थानीयले असन्तुष्टि जनाएका छन् । वडा भवनसँगैको सरकारी जग्गा हडप्ने सबैको अवैध संरचनामा महानगरले डोजर नलगाउँदा स्थानीयले प्रश्न उठाउने ठाउँ पाएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ