प्रसादी एकेडेमीका मालिक विक्रम राई वायु सेवा निगमका उपाध्यक्ष, नरदेवीमा २ सदस्य मनोनित


काठमाडौं ।  नेपाल वायु सेवा निगमको उपाध्यक्षमा ललितपुरस्थित प्रसादी एकेडेमीका मालिक विक्रम राई नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतको प्रस्तावमा उनी निगमको उपाध्यक्ष नियुक्त भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले निगमकै सञ्चालक रहेका राईलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पर्यटनमन्त्री किराँतीले गत चैतमा नेपाल वायु सेवा निगमको सञ्चालक बनाएका थिए । अहिले किराँतीले प्रसादी एकेडेमीका प्रमुख उनै राईलाई उपाध्यक्ष बनाएर पुरस्कृत गरेका हुन् । उनी पर्यटन व्यवसायी समेत हुन् ।

यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको विकास समितिमा २ जना सदस्य मनोनित गरेको छ । बैठकले  नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा काठमाडौंकी डा. साहारा श्रेष्ठ र सिन्धुपाल्चोकका लेखनाथ लामालाई मनोनीत गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

क्याटेगोरी : समाचार
ट्याग : #पर्यटनमन्त्री सुदन किराँती, #प्रसादी एकेडेमी, #बिक्रम राई नेपाल वायुसेवा निगमको उपाध्यक्ष

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ