काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख पौडेललाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले प्रदेश लोकसेवा आयोगसँग निलम्बित पौडेल र आठौं तहकी वरिष्ठ अधिकृत भगवती बिडारीलाई सेवाबाट बर्खास्त गर्न परामर्श लिएका हुन् । स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारको कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि उनीहरुलाई सेवाबाट हटाउन परामर्श लिइएको हो ।
महानगरले पौडेल र बिडारीलाई स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ११८ (१) (क) अनुसार कसुरमा उपदफा (ख) बमोजिम बर्खास्त गर्न परामर्श लिएको हो । उक्त उपदफामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने उल्लेख छ । पौडेल र बिडारीलाई आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसके वा त्यस्तो काम वा जिम्मेवारीको पटक-पटक बेवास्ता गरे कसुर ठहरिने उल्लेख गर्दै भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्न महानगरले सिफारिस गरेको हो ।१
मेयर बालेन शाहको सचिवालयमा १० औं तहका नूरनिधि न्यौपानेको हकमा कारबाहीका कार्यपालिकामा पेश गरेर प्रदेश लोकसेवा पठाउने भएको छ । उनलाई पनि भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने गरी कार्यतालिकाबाट निर्णय गराएर प्रदेश लोकसेवामा परामर्शका लागि पठाइने भएको हो ।
क्याटेगोरी : समाचारट्याग : #काठमाडौं महानगरपालिका, #स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस