नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा जाेशी
काठमाडौं । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई ४ वर्षका लागि परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
गेटा मेडिकल कलेजका निमित्त निर्देशक रहेका जाेशीलाइ सरकारले परिषद्को सदस्य सचिव बनाएको छ । डा. जोशी नेपाल मेडिकल एसोसिएसनका कोषाध्यक्षसमेत हुन् ।
२६ माघमा निवर्तमान सदस्य सचिव डा. प्रदीप ज्ञवालीको ४ वर्षे कार्यकाल सकिएसँगै परिषदको सदस्य सचिवको पद खाली रहेको थियो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस