ग्लोबल फन्डको पीआर छान्न पुन बैठक बस्दै,  को बन्ला पीआर, सेभ की यूएनडीपी ?


काठमाडौं । ग्लोबल फन्डको पीआर बन्ने रडाकोबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत पछि हटेका छन् । ग्लोबल फन्डको विधि र प्रक्रिया मिचेर पीआर लिन्छु भन्ने दुस्साहस गरेका बस्नेत माथि स्वास्थ्य लाइभले निरन्तर शब्दको डन्डा चलाएको थियो । अन्तत पीआर लिने विषयमा घुँडा टेकेका छन् । नयाँ पीआर छान्न भोलि १ बजे बैठक बस्दैछ । 

सरकारले दोस्रो पटक पीआर छान्ने तयारी गरेको छ । यदि कम्युनिटीले आफ्नो इज्जत र प्रतिष्ठालाई तिलाञ्जलि दिएनन् भने फेरी तीन वर्षका लागि सेभ द चिल्ड्रेन पीआर हुने छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यूएनडीपीलाई पीआर दिने तयारी गरेको छ । 

ग्लोबल फन्डले पीआर छान्नु पूर्व पारदर्शिताका लागि जर्मन, युके र अमेरिका सरकारको तर्फबाट तीन जना प्रतिनिधिको टोलीले विगतमा भएका एचआइभी र क्षयरोगमा भएको कार्य प्रगतिको आधारमा मूल्यांकन गराएको थियो । सरकार र सीसीएमका मान्छेले मूल्यांकन गर्दा स्वार्थ बाझिने भएकाले ग्लोबल फन्डले जर्मन, युके र अमेरिका सरकार कै प्रतिनिधि खटाएको थियो । 

तीन देशका प्रतिनिधिले एचआइभी र क्षयरोग कार्यक्रममा प्रमुख प्रापक (पीआर) उमेदवारको लागि छनोट सूची तयार पारेका थिए । छनोट गर्दा प्राविधिक र प्रोग्रामेटिक योग्यताका आधारमा तयार पारिएको थियो । समितिले नयाँ पीआरका लागि आवेदन हालेकाको प्राविधिक सीप, अनुभव, वित्तीय व्यवस्थापन क्षमता, खरिद विशेषज्ञता, सुशासन अभ्यास र अनुगमन तथा मूल्यांकन क्षमताको मूल्यांकन गरिएको थियो । 

त्यस्तै उनीहरूले आवेदकद्धार प्रस्तावित कार्यक्रम व्यवस्थापन लागत र संस्थागत ओभरहेड लागत पनि विचार गरेका थिए । समितिले अवमूल्यांकन गर्दा प्राविधिक र प्रोग्रामेटिक योग्यताको लागि ८० अङ्क र वित्तीय मूल्याङ्कनका लागि २० प्रतिशत अङ्क गरी कुल १०० अङ्क समावेश थियो ।

प्राविधिक योग्यता, वित्तीय व्यवस्थापन, खरिद, सुशासन र अनुगमन – मुल्यांकनलाई योग्यता श्रेणीमा मूल्यांकन गरिएको थियो । जबकि कार्यक्रम व्यवस्थापन लागत, संस्थागत लागत, कर्मचारी सञ्चालन र ग्लोबल फन्डको परिदृश्यहरूसँग पंति वद्धगरी वित्तीय मूल्यमा प्रस्ताव गरिएको थियो । 

तीन देशका प्रतिनिधिले सबै मूल्यांकन गर्दा पहिलो नम्बरमा सेभ द चिल्ड्रेन फेडेरेसन, दोस्रोमा यूएनडीपी, तेस्रोमा प्लान इनटरनेशनल, चौथोमा यूएन ओपीएस, पाँचौमा पाथ र छैटौँमा द युनियनले सबै भन्दा बढी अङ्क प्राप्त गरेका थिए । 

स्वास्थ्य लाइभले प्राप्त गरेको अति गोप्य रिपोर्ट अनुसार एचआइभीमा समग्रमा सेभ द चिल्ड्रेन फेडेरेसन, यूएनडीपी, प्लान इनटरनेशनल, यूएन ओपीएस, पाथ र द युनियनले सबै भन्दा बढी अङ्क पाएका छन् । 

क्षयरोगका लागि पनि सेभ द चिल्ड्रेन फेडेरेसन, यूएनडीपी, प्लान इनटरनेशनल, यूएन ओपीएसपाथले समग्रमा उच्च स्कोर ल्याएका थिए । १३ प्रतिशत र १७ प्रतिशत बीचको व्यवस्थापन लागतमा सञ्चालन गर्न उमेदवारहरू इच्छुक भएको पाइएको थियो । पैसाको मूल्यलाई प्राथमिकता दिन, कम व्यवस्थापन लागत प्रस्ताव गर्ने संस्थाहरूलाई सीसीएमद्धार सिफारिस गरिएको थियो । 

प्रस्तावित संस्थागत ओभरहेड लागतहरू फरक फरक देखिएका छन् । संस्थागत ओभरहेड लागत कुनैको ४ प्रतिशत कम र अरु २२ प्रतिशत देखि २३ प्रतिशत सम्म छ । अन्तराष्ट्रिय नियम अनुसार सबै भन्दा बढी अङ्क ल्याउनेलाई पीआर छान्ने नियम छ । सोही नियम अनुसार सबैले सेभ द चिल्ड्रेनलाई छानेका हुन् । तर, सरकारले पटक पटक आफै पीआर बन्ने भन्दै रडाको गर्दा प्रक्रिया लम्बिएको थियो । अब सरकार पीआर नबन्ने भएपछि पुन गैर सरकारी संस्था पीआर बन्ने बाटो खुलेको छ । 

हुन त बालकुमारीमा युवा मारिएको विषयमा सरकारकै छानविन समितिले मन्त्रीको स्पष्ट संलग्नता देखाउँदा कारबाही गर्न नसक्ने देशमा दातृ निकायले दिएको मूल्याङ्कनका आधारमा पीआर हुन्छ भन्ने कुराको विश्वास गर्नुपनि एक किसिमको मुर्खता नै हो । तर, आफ्नो धर्म र पैसामा इज्जत लिलामी नगर्ने हो भने, उक्त दातृ निकायले बनाएको रिजल्टकै आधारमा पीआर छान्नु पर्ने हो । 

गत जुन २६, २०२३ को सोमबार बसेको सीसीएमको १२५ औं बैठकले गैर सरकारी संस्था पीआरका लागि मूल्यांकन गरेको थियो । उक्त बैठकमा ३७ जना सहभागी थिए । उक्त बैठकको पहिलो एजेण्डा भनेको एचआइभी र क्षयरोगका लागि नयाँ गैर सरकारी संस्थाको पीआर छनोटको विषय थियो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##CCM Nepal, ##mohp nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ