बालेनबाट खाएको १ अर्ब फिर्ता गर्नुपर्ने बर्खास्तीमा परेका स्वास्थ्यका पौडेलको माग


काठमाडौं । स्वास्थ्य विभाग प्रमुखबाट बर्खास्तमा परेका रामप्रसाद पौडेलले काठमाडौं महानगरपालिका मेयर बालेनमाथि गम्भीर आरोप लगाएका छन् । उनले फेसबुक स्टाट्स लेख्दै बालेनले नियुक्ति गरेकाबाट खाएको १ अर्ब फिर्ता गर्नु पर्ने माग समेत गरेका छन् ।

‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ । यो नगरबासीले तिरेको कर हो ।’, स्वास्थ्यको कर्मचारी भर्ति काण्डमा मुछिएर बर्खास्तको सिफारिसमा परेका पौडेलले फेसबुकमा लेखेका छन् । उनले अहिले बालेनविरुद्ध लगातार लेखिरहेका छन् । लेखेर पनि केही स्टाट्स भने हटाएका छन् ।

पौडेल यसअघि पनि बालेनले करको दुरुपयोग गरेको समेत आरोप लगाएका थिए । उनले महिनाको ६७ लाख त सचिवालयका १५ जनालाई खाजा खर्च हुने गरेको टिप्पणी गरेका छन् । पौडेलले फेसबुकको कमेन्टमा निजी सचिवालय कर्मचारी २ सय जनालाई औसत महिनाको २ करोडमाथि खर्च हुने उल्लेख गरेका छन् । लैनचौरको निजी निवासमा दैनिक १ लाख र अरु कति भनेर मेयरले जनताको कर दुरुपयोग गरेको संकेत गरेका हुन् ।

रामप्रसाद र सस्मिता

अहिले फेरि बालेनले नियुक्ति गरेका मान्छेले महानगरबासीले तिरेको करको करिब १ अर्ब खाएको आरोप लगाउँदै फिर्ता गर्नु पर्ने टिप्पणी गरेका छन् । पौडेलले लगातार बालेनविरुद्ध फायर खोलिरहेको देखिन्छ ।

पौडेलले बालेनको नियत नै उट्पट्याङ काम गरिरहुँ भन्ने खालको रहेको दाबी गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पर्यटनमन्त्री सुदन किराँती लक्षित लेखेको स्टाट्सभन्दा कम देखिँदैन उनले बालेनविरुद्ध लेखेको । जे होस् समाजिक सञ्जालमार्फत पौडेलले बालेनलाई लगातार प्रहार गरिरहेका छन् । यो विवाद कहाँ पुगेर टुंगिन्छ हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ