दादुरा रुबेला खोप अभियानमा खटेका तीन स्वास्थ्यकर्मीलाई विराटनगर महानगर पालिकाद्वारा कारबाही 


काठमाडौं । दादुरा रुबेला खोप अभियानमा खटेका तीन स्वास्थ्यकर्मीलाई विराटनगर महानगर पालिकाले कारबाही स्वरुप लिखित स्पष्टीकरण माग गरेको छ । रानी अस्पतालबाट खोप अभियानमा खटेका तीन स्वास्थ्यकर्मीलाई महानगर पालिकाले “लक बुक” नभरेको भन्दै कारबाही थालेको हो । 

सरकारले देशभर यतिबेला दादुरा रुबेला खोप अभियान सञ्चालन गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन १३ गते देखि चैत ७ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुने छ । तर, विराटनगर महानगर पालिकाले अभियानमा रात दिन लागेका तीन कर्मचारीलाई “लक बुक” नभरेको नाममा सिधै लिखित स्पष्टीकरण सोधेको पीडित स्वास्थ्यकर्मीहरूले बताएका छन् । 

एक अधिकारीले भने, “कर्मचारी राष्ट्रिय अभियानमा सहभागी भएका हुन् । बिहान खोप संकलन गरेर अभियान सञ्चालन गर्दा दिनभर समय लाग्छ । अभियानमा खटाइएका कर्मचारीले त्यस अवधिमा “लक बुक” भर्नै पर्छ भन्ने पनि छैन ।” महानगरले काम लगाएका कर्मचारीलाई स्वयम् महानगरले स्पष्टीकरण सोध्नु भनेको अराजकताको पराकाष्ठा भएको त्यहाँका कर्मचारीहरू बताउँछन् । 

कर्मचारी खोप अभियानमा पठाएको रानी अस्पतालका प्रमुख डा लोकेश दाहाललाई जानकारी छ । उनले महानगर पालिकाको स्वास्थ्य शाखामा समेत जानकारी गराउनु पर्ने हुन्छ । तर, अस्पतालका प्रमुख दाहाल र महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हैदर अलिको व्यक्तिगत रिसिवीको कारण दादुरा रुबेला खोप अभियान सञ्चालनमा खटिएका कर्मचारीलाई कारबाही गर्नु आश्चर्यको विषय हो । महानगर पालिकाले डा दाहाल र अलीलाई तुरुन्त कारबाहीको दायरामा ल्याउनु पर्छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ