स्वास्थ्य हेर्ने समितिका सभापति मन्त्री बने, स्वास्थ्य मन्त्रालय पनि रित्तै


काठमाडौं । संसद्को स्वास्थ्य हेर्ने समितिका सभापति भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने मन्त्री नपाएर रित्तै बनेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति जोशी सामान्य प्रशासनमन्त्री बनेका छन् । स्वास्थ्य मन्त्रालयका गतिविधि नियन्त्रण गर्ने भूमिकामा रहेका उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् । स्वास्थ्य मन्त्रालयले मन्त्री नपाइरहेको अवस्थामा स्वास्थ्य समितिका सभापति जोशी भने स्वास्थ्यमा समेत कर्मचारी पठाउने अधिकार बोकेको सामान्य प्रशासनमन्त्री बनेका हुन् । उनी मन्त्री बनेसँगै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिको पद रिक्त भएको छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने अवस्थामा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव भने सरकारमा आएका छैन । मधेश प्रदेश सरकारको विषयमा वर्तमान सत्ता गठबन्धनले आफ्नो पार्टीलाई पूर्ण कार्यकाल नेतृत्व दिने सहमति नगरेकाले उपेन्द्रको स्वास्थ्य यात्रा रोकिएको हो । अहिले स्वास्थ्य हेर्ने समिति मात्र होइन स्वास्थ्य मन्त्रालय समेत नेतृत्वबिहीन बनेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ