स्वास्थ्यमा उपेन्द्रलाई पठाउने जसपाको निर्णय

काठमाडौं । जसपा नेपालले उपेन्द्र यादवलाई स्वास्थ्यमा पठाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा सहभागी भएका एक नेताका अनुसार उपेन्द्रलाई स्वास्थ्यमन्त्रीमा पठाउने निर्णय भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्रलाई उपप्रधानसहित स्वास्थ्यमा आउन आग्रह गरेपछि उनी राजी भएका हुन् । पार्टीले पनि उनैलाई पठाउने निर्णय गरेको छ ।
वनमन्त्रीमा भने कसलाई पठाउने भन्ने कुरा टुंगिएको छैन । वनमन्त्रीका लागि प्रदीप यादव, नवलकिशोर साह, दिपक कार्की, राजकिशोर यादवलगायत लबिइङमा छन् । वनमन्त्रीको टुंगो लगाउने जिम्मा पनि अध्यक्ष उपेन्द्रले पाएका हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस