स्वास्थ्यमन्त्री नपाउँदै सरकार ढाल्न माधव नेपालका सांसद सक्रिय


काठमाडौं । स्वास्थ्यमन्त्री नपाउँदै वर्तमान सरकार ढाल्न नेपका एकीकृत समाजवादीका सांसद सक्रिय भएर लागेको पाइन्छ । चौधरीले पुष्पकमल दाहाल प्रचण्ड नितृत्वको वर्तमान सरकारको आयु एक महिना मात्रै रहेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी प्रमुख सचेतक समेत रहेका चौधरीले सरकार ढल्ने संकेत गरेका हुन् । प्रमुख सचेतक जस्तो व्यक्तिको उक्त अभिव्यक्ति सामान्य कुरा होइन ।

‘प्रचण्ड सरकार मुश्किलले बढिमा टिक्यो भने एक महिना टिक्छ, त्योभन्दा धेरै यसको आयु छैन्’, चौधरीले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा मेटमणि चौधरी भने । यो सरकार बेठीक नियतको साथ बनेको उनको टिप्पणी छ ।

आफ्नै पार्टी पनि सरकारमा सहभागी भएको सरकारको आयु एक महिना रहेको सांसद चौधरीले घोषणा गरेका छन् । ‘बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौति’, उनले अघि थपे । आफ्नो पार्टीबाट यो सरकारले विश्वासको मत नपाउने समेत चौधरीले ठोकुवा गरे । यो अभिव्यक्तिले सांसद चौधरी कतै सरकार ढाल्न सक्रिया छैनन् भन्ने कुराको आशंका पैदा गरेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ