स्वास्थ्यबाट ‘रिटायर्ड’ भएकी सचिव देवकुमारीको ठाउँमा को आउला ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंको ठाउँ खाली भएको छ । सचिवको हैसियतमा देवकुमारीले हाजिर गर्ने र टाप ठोक्ने (हाटा) गर्ने मात्र काम गरेको आरोप लाग्दै आएको छ । उनको ठाउँमा तत्काल स्वास्थ्यमा नयाँ सचिव आवश्यक पनि देखिँदैन ।

स्वास्थ्यमा प्रशासनको सचिवको दरबन्दी र औचित्य पुष्टि हुन नसकिरहेको अवस्थामा त्यहीँ पदलाई रिक्त दरबन्दी मानेर नयाँ सचिव बढुवा गर्न खोजिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव पद कटौती भएकाले कोशी, कर्णाली र सदूरपश्चिम प्रदेशमा कामु प्रमुख सचिव खटाइएको हो । कोशीमा केदरनाथ शर्मा कर्णालीमा चूडामणि शर्मा र सदूरपश्चिममा डा. हरि लम्साल कामु प्रमुख सचिवको भूमिकामा छन् ।

स्वास्थ्यमा प्रशासन तर्फबाट आएको सचिवको खासै काम नहुने र बढुवा हुने सचिव पनि प्रदेशमै फिट गर्नु पर्ने अवस्था देखिन्छ । सचिव मधुकुमार मरासिनी र टेकनारायण पाण्डे मुद्दा लागेर निलम्बनमा परेका छन् । त्यो ठाउँमा नयाँ सचिव बढुवा गर्न मिल्दैन । बढुवाको १ नम्बरमा रहेका कर्णालीका कामु सचिव चूडामणि शर्मालाई त्यतै पदस्थापन गर्नु पर्ने देखिन्छ । त्यसैले स्वास्थ्यमा तत्काल प्रशासनको सचिव आउने सम्भावना न्यून छ । स्वास्थ्यमा एक प्राविधिक सचिव नै काफी भएकाले प्रशासनको सचिवको विषयमा कर्मचारीबीच खासै चासो पनि रहेको पाइँदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ