उपेन्द्र यादवलाई स्वागत गर्न स्वास्थ्यका कर्मचारी तयारी हालतमा


काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई स्वागत गर्न स्वास्थ्यका कर्मचारी तयारी हालतमा बसेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ खाइसकेका स्वास्थ्यमन्त्री यादवको स्वागतका लागि स्वास्थ्यका कर्मचारीहरु जुटेका हुन् ।

 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित स्वास्थ्यमन्त्री रहिसकेका उपेन्द्र पुनः त्यहिँ ठाउँमा फर्किएका हुन् ।  स्वास्थ्य मन्त्रालयसँग परिचित यादव पुन: स्वास्थ्यमन्त्री बनेका छन् । स्वास्थ्यमा उनको पुनरागमनसँगै केही आशाको सञ्चार भएको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ