उपेन्द्रले स्वास्थ्यमन्त्रीको सपथ खाएकै दिन रवि लामिछाने पुने प्रहरी मुख्यालय


काठमाडौं । उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सपथ खाएकै दिन रवि लामिछाने प्रहरी मुख्यालय (हेडक्वार्टर) पुगेका छन् । यता राष्ट्रपति निवास शीतल निवासमा उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको सपथको तयारी भइरहँदा उपप्रधान एवं गृहमन्त्री लामिछाने गृहसचिव दिनेश भट्टराईलाई साथमा लिएर प्रहरी हेडक्वार्टर नक्साल पुगेका हुन् ।

उपेन्द्र रघुवीरको भन्दा अगाडिको बरियतामा उपप्रधानमन्त्री बन्ने प्रयासमा थिए । रवि प्रहरी हेडक्वार्टरमा पुगेको अवस्थामा उपेन्द्र रविपछिको बरियतामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्ति भएका छन् । उपेन्द्र आफूपछिको बरियतामा उपप्रधानमन्त्री नियुक्त भइरहँदा रवि भने प्रहरी प्रहरी हेडक्वार्टरमा निर्देशन दिइरहेका थिए । उक्त कार्यक्रम सकिएपछि उपेन्द्रको सपथ भएको हो ।

यता उपेन्द्रले पदभार सम्हालिसकेका छन् । रविले पनि गृह मन्त्रालयमा सुशासन ल्याउने घोषणा गरिरहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ