सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न आचार्यको संयोजकत्वमा समिति गठन


काठमाडौं ।  सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्नका लागि काठमाडौं महानगरपालिकाले बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको छलफलपछि कानुन तथा मानव अधिकार विभागका प्रमुख आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन रहेका छन् । समितिलाई ७ दिनको समय दिइएको छ । महानगरपालिकाले सुलभ औषधि पसल सञ्चालन गर्न चालु आर्थिक बर्षका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले यसबाट ६ वटा फार्मेसी सञ्चालन योजना रहेको बताइन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ