बसन्त नेम्बाङ मेडिसिटी अस्पतालबाट डिस्चार्ज


काठमाडौं । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङ नेपाल मेडिसिटी अस्पताल डिस्चार्ज भएका छन् ।  गम्भीर दुर्घटनाबाट स्वास्थ्य लाभ गर्दै उनी करिब डेढ महिनापछि आज मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

‘उपचार पश्चात स्वास्थ लाभ गरि डिस्चार्ज हुनुहुँदै गर्दा भेटघाट गरियो । स्वास्थमा निक्कै राम्रो सुधार भएको छ। अझै केही समय नियमित फिजियो/ स्पिचथेरापी गर्नु पर्ने छ। अब करिव ३ महिना थेरापीपछि अवश्य पनि सामन्य दैनिकीमा फर्कनु हुने छ ।’, एमाले नेता समेत रहेका कार्कीले फेसबुकमा लेखेका छन्, ‘प्रीय आदरणीय कमरेडको सिघ्र थप स्वास्थ्य लाभको कामना गर्दछु । उहाकी धर्मपत्नी बहिनी भूमिका र भान्जा-भान्जीप्रति पनि बधाई एंव शुभकामना ब्यक्त गर्दछु । २०८० चैत्र २ गते मेडिसिटी अस्पताल नख्खु,भैसेपाटी ।’,

कोशी प्रदेशको ताप्लेजुङ पुगेका बेला नेम्बाङ बिरामी भएपछि हेलिकप्टरमा चढाएर नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो । प्राथमिक उपचार पश्चात उनलाई मेडिसिटी ल्याइएको हो । मेडिसिटीमा ल्याउँदा अर्धचेत अवस्थामा रहेका नेम्बाङको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । समयमै सुविधासम्पन्न अस्पताल मेडिसिटीमा उपचार पाएकाले उनको स्वास्थ्यमा व्यापक सुधार भएको हो ।

अस्पतालबाट डिस्चार्ज भएका नेम्बाङ नियमित फिजियो/ स्पिचथेरापी गरेपछि राम्रो हुने आशा गरिएको छ । उनी सालिन र मिलनसार नेताका रूपमा परिचित छन् । नेम्बाङ हसिलो अनुहार लिएर मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ