आगलागीबाट भोजपुरमा एकै परिवारका ३ बालबालिकाको मृत्यु

काठमाडौं । आगलागीबाट भोजपुरमा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका-७ मा आगलागीमा हुँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।
हतुवागढी गाउँपालिका-७ निवासी रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस