बबरमहलस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नियमित स्वास्थ्य परीक्षण
काठमाडौं । बबरमहलस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नियमित स्वास्थ्य परीक्षण हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ११ का अनुसार उक्त शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमानियमित रुपमा नगरबासीको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारका अनुसार काठमाडाैं महानगरपालिकाकाे नगरबासीलाई सेवा गर्ने सन्दर्भमा वडा नं ११ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, बबरमहलबाट अब उप्रान्त दैनिक नियमित रूपमा दक्ष डाक्टरकाे सेवा उपलब्ध गराइएको छ ।अस्पताल धाउनु पर्ने, टिकट काट्न लाईन बस्नु पर्ने र, सानाेतिनाे परामर्श तथा प्रयाेगशाला परिक्षणकाे रिपाेर्ट देखाउन घण्टाैं कुरेर समय बर्बाद हुने स्थितीकाे अन्त्य भएकाे उनको भनाइ छ ।
‘सार्वजनिक बिदाकाे दिनबाहेक कार्यालय समयभित्र दैनिक रूपमा स्वास्थ्य सेवा लिन आवश्यक नागरिकले कार्यालय समयभित्र स्वास्थ्य सेवा लिन हुन सबैकाे जानकारीकाे लागि अनुराेध छ ।’, कामपा वडा नम्बर ११ ले भनेको छ । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र , बबरमहलमा अब नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस