सार्वजनिक शौचालय सञ्चालनमा काठमाडौं महानगरपालिकाले सङ्घसंस्था सहकार्य गर्ने


काठमाडौं । सार्वजनिक शौचालय सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले सहकार्यका लागि सङ्घसंस्थाहरूलाई अनुरोध छ । महानगरपालिकाले एक सूचना निकाल्दै उक्त अनुरोध गरेको हो ।

काठमाडौं महानगरपालिकाको सूचना अनुसार सार्वजनिक निकाय, निजी, व्यावसायिक, सामाजिक तथा धार्मिक सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले विगत वर्ष जस्तै चालू आर्थिक वर्ष २०८०/०८१ मा पनि सहकार्य गरिरहेको छ । सहकार्यबाट स्वच्छ सार्वजनिक शौचालयको सङ्ख्या बढाएर सर्वसाधारणको पहुँचमा पुऱ्याउने हाम्रो लक्ष्य हो। सहकार्यमा संयुक्त सञ्चालन भएका सार्वजनिक शौचालयहरूको सरसफाइका लागि आवश्यक सामग्री महानगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

यसर्थ, सार्वजनिक शौचालय सञ्चालन सहकार्यका लागि सङ्घसंस्थाहरूलाई सार्वजनिक सूचनामार्फत अनुरोध गर्दछौँ। यस विषयमा थप जानकारी लिनुपरेमा काठमाडौँ महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क गर्नुहुन तथा तल दिइएका टेलिफोन नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

टेलिफोन नं. ०१-४१६८७१७ र ०१-४१६८७२७

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ