टेरामक्समा मुछिएका मुख्यसचिव अर्यालमाथि क्याबिनेटमा कुरा उठ्ने
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले अहिले केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकमा मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्यालमाथि मुख खोल्ने भएका छन् । टेरामक्स प्रविधि खरिद घोटालामा मुछिएका मुख्यसचिव अर्यालमाथि एमालेका मन्त्रीहरुले नैतिकताको प्रश्न उठाउन लागेका हुन् ।
रक्षामन्त्री हरि उप्रेती, कानुनमन्त्री पदम गिरीलगायतले मुख्यसचिव अर्यालमाथि क्याबिनेटमा नैतिकताको प्रश्न उठाउने तयारी गरेका छन् । अहिले ९ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा मुख्यसचिव अर्याल उपस्थित भए हामालेका मन्त्रीहरु कडा रुपमा प्रस्तुत हुने स्रोतको दाबी छ ।
निर्वतमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत समेत जोडिएको टेरामक्स प्रविधि घोटालामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया टुंग्याउन लागेको बुझिन्छ । उक्त विषयमा बस्नेतलाई टार्गेट गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्यालमाथि भने मौन देखिन्छ । बिहीबरको क्याबिनेटमा भने मन्त्रीहरुले उक्त विषयलाई प्रवेश गराउने भएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस