उपेन्द्र देवकोटा फाउण्डेसनको मस्तिष्कघातसम्बन्धी सचेतना कार्यक्रम


उपेन्द्र देवकोटा फाउण्डेसनको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय स्थित अडिटोरियम हलमा मस्तिष्कघातसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उपेन्द्र देवकोटा फाउण्डेसनकातर्फ बाट डा. धनश्याम खेरल, डा. सुवास फुयाँल र डा. सुरज थुलुङले मस्तिष्कघातसम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै उपस्थित प्रहरी अधिकृतहरूबाट उठेका जिज्ञासाहरूको निरूपण समेत गरेका थिए  ।

नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कसर्यक्रममा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले स्वागत मन्तव्य व्यक्त गरे । सो कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ