रञ्जितालाई सरकारमा सहभागी गराउन प्रचण्डको प्रयास, सञ्चार कि स्वास्थ्य ?


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी गराउन प्रयास थालेका छन् । शनिबार रञ्जिता र प्रचण्डबीच भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले रञ्जितालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासतको मत हालेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जाने चर्चा थियो । त्यसका लागि रञ्जिताले ह्वात्तै सक्रियता बढाएको पाइन्छ । टीकापुरका मेयर रामलाल डंगौरालाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेकी रञ्जितालाई उनले एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले रेखा शर्मालाई हटाएर रञ्जितालाई सञ्चारमन्त्री बनाउन सक्ने उच्च सम्भावना छ । रञ्जिताको चासो भने स्वास्थ्य मन्त्रालयमा देखिन्छ ।

सुदूरपश्चिममा प्रदेश सरकार र प्रचण्डलाई विश्वासको मत दिने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा विवाद जारी छ । रञ्जिता प्रचण्डको पक्षमा खुलेर लागेकी छिन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी भने प्रचण्ड सरकारको विपक्षमा देखिन्छन् । रञ्जिता सरकारमा सहभागी भए सञ्चार र स्वास्थ्य मन्त्रालयमध्ये एउटा पाउने सम्भावना रहेको स्रोतको दाबी छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकाले उक्त मन्त्रालय रञ्जिताले पाउने सम्भावना भने न्यून छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ