एमडीएमएसमा झादेखि मिश्रसम्मले अख्तियारमा के बयान दिए ?


काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचारमा नेपाल दूरसञ्चार प्राधिकरणको तत्कालिन अध्यक्ष दिगम्बर झादेखि उपनिर्देशक अच्यूतानन्द मिश्रको मुख्य भूमिका देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एमडीएमएस भ्रष्टाचार अभियोगमा झादेखि मिश्रसम्मले अख्तियारमा दिएको बयानको बेहोरा यस्तो छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:

MDMS System को कार्यान्वय/संचालनको लागि परामर्श सेवा प्रदायक छनौट गरी (५ वर्षको लागि संचालन समेत) MDMS कार्यान्वयन गर्न खरिद ऐन, प्राधिकरणको खरिद विनियमावली र MDMS bylaw अनुसार खरिद प्रकृया प्रारम्भ भएको। सोको लागि Terms of Reference (TOR) तयार भएको, लागत अनुमान तयार भएको तर दुबै कार्य सम्बन्धित शाखा र महाशाखाको सिफारिसमा स्विकृत भएको। परामर्श सेवा खरिद गर्न Expression of internet (EOI) मार्फत संक्षिप्त सुची तयार भई Request for proposal (RFP) जारी भएको। अन्तराष्ट्रिय परामर्शदाताको खरिद गर्नका लागि तयार गरिने लागत अनुमानको लागि देश भित्र कुनै standard Norms छैन। प्राधिकरण कै अन्य कामको लागि प्राप्त गरेको Bid तथा Nepal telecom मा नियुक्त भएको IT विज्ञहरुको प्रस्ताव दरको औसतलाई पनि आधार मान्ने गरिएको छ। लागत अनुमान Budgetary purpose को लागि तयार गरिएको थियो। Laurasia UK लाई EIR Implement को लागि आवश्यक Formulation of regulatory Framework तयार गर्न नियुक्त गरिएको र सो को लागि निजले TOR मा उल्लेखित कार्यहरुका साथै MDMS लागु गर्न, Service provider (consultant) नियुक्त गर्न आवश्यक सबै document बनाउनु पर्ने। मिति २०७५।०६।२१ उल्लेख भएको cost estimation परामर्शदाता laurasia UK ले तयार गरेको । लागत अनुमानमा Space को लागि उल्लेख भएको रकम भन्दा बढि मुल्य Containerized data centre को भएकोले estimate revise गर्न उपयुक्त नठानिएको । laurasaia ले तयार गरेको RFP पुन: नेपालको खरिद ऐन नियमावली अनुसार तयार गर्न TAEC Consultant लाई review गर्न दिइएको।laurasaia ले पेश गरेको TOR मा NTA का पदाधिकारीहरुसँग छलफल गरी NTA लाई आवश्यक भएको बुँदाहरुमा केही संसोधन भएको। खरिद इकाई अन्य शाखा भन्दा खरिद कार्यमा बढि जान्ने (Expertise) भएकोले खरिद सम्बन्धि कागजात check & verity गर्नु पर्ने। लागत अनुमानमा उल्लेख भएको manpower चाहिने नै हो ।

नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:- 

प्राधिकरणको Design, Develop, supply, Installation, testing, commissioning and operation of mobile device Management system (MDMS) खरिद कार्यमा मुल्याङ्कन समितिको प्रतिवेदन उपर निर्णय गर्ने, परियोजना कार्यान्वयन गर्ने सन्दर्भमा भुक्तानी लगायतका अध्यक्ष स्तरबाट गरिनु पर्ने निर्णयहरुमा भुमिका रहेको । कार्यालयमा प्रतिवेदन पेश हुदाँ Covering letter राखि मुल्याङ्कन समितिको संयोजनक (अध्यक्ष) बाट पेश हुने र सोहि covering letter मा तोकादेश अनुसार प्रकृया अगाडी बढ्ने बढाउने र उक्त कागजातको अभिलेख राख्ने जिम्मेवारी खरिद इकाई तथा पुर्वाधार शाखाको रहने । BOQ अनुसार EIR solution 4 वटा उपलब्ध गराउनु पर्ने र यो आवश्यक नभएको खण्डमा माग कट्टा गर्ने व्यवस्था गरेको। Nuemera (M) sdn. Bhd, Malaysia OSI consulting pvt.ltd. India and Namera Global Commpvt.ltd. Singapore JV ले USD 74,99,888 (Excluding VAT) (USD seven million four hundred ninety nine thousand eight hundred eighty eight only) र Mobillon-Green IT-Infradata JV ले USD 7071205.77 (Excluding VAT) (USD Seven million seventy one thousand two hundred five and seventy seven cents only) ५ वर्षको लागि आर्थिक प्रस्ताव पेश गरेको financial proposal opening form बाट देखिन्छ। प्रस्तुत विषयमा RFP को section 2 instruction to consultants and data sheet को 24 b मा Lump Sum contracts सम्बन्ध 24.2 बमोजिम मुल्याङ्कन समितबाट Fin-1 लाई considered गरिएको। आर्थिक प्रस्तावको मुल्याङ्कनबाट Mobillon/Green-IT/ Infra data (JV) र Nuemara (M) Sdn. Bhd. Malaysia OSI Consolatory Pvt. Ltd. India and Namaste Global CommPte. Ltd. Singapore (JV) छनौट गरी पेश गरिएको थियो। Request for proposal को section 7 terms of reference 19 मा tentative Bill of quantity उपलब्ध गरेको छ तर परामर्श सेवा खरिद प्रकृया अपनाई Goods & servicers दुबै खरिद गर्दा यसको Evaluation criteria लाई समेत सोही अनुरुप तयार भएको पाईएन। Constancy Service अन्तर्गत QCBS मा मुल्याङ्कन गर्दा Technical waitage 80% financial Waitage 20% दिइएको र यस अनुरुप RFP Section 2 Instruction to consultants and data sheet को 24 b Lump-sum Contract को विषय रहेको र Lump-sum Contract मा Fin-1, लाई Mandatory रुपमा लिनुपर्ने उल्लेख गरेबाट यस सम्बन्धमा RFP ले उल्लेख गरेता पनि evaluation Criteria मा BOQ समावेश नगरेकोले मुल्याङ्कन समितिले उक्त कठीनाईका बाबजुद Conditional सिफारिस गरेको र मुल्याङ्कन समितिले औल्याएको विषयहरुलाई र Mobillon-Infra data Green IT (JV) ले Ncell प्रा.लि. को व्यापारी साझेदार हुनुको साथै SIM Distributor समेत भएको हुनाले MDMS प्राणाली स्थापना तथा संचालनमा conflict of interest हुने विषयमा खरिद विज्ञहरु तथा प्राविधिक विज्ञबाट राय प्राप्त भए पश्चात यस विषयलाई मिति 2076/02/16 मा मुल्याङ्कन समितिमा नै पठाइएको र मुल्याङ्कन समितिले यस विषयमा पहिले नै प्रतिवेदन दिई सकेको र यस विचमा आफ्नो विज्ञता नरहेको भनि जानकारी गराएको। विज्ञको राय खुलाई टिप्पणी पेश गर्न खरिद एकाईलाई आदेश गरी खरिद प्रक्रिया अगाडी बढाइएको। Request for proposal (RFP) को terms of Reference मा if the operator Manages EIR solution and software itself then the lot cost will be deducted व्यवस्था राखिएको। सार्वजनिक खरिद ऐन, 2063 को दफा 37 (२) ले सोधभर्ना हुने प्रकृतिको खर्च सम्बन्धमा वार्ता गर्न सकिने उल्लेख गरे अनुसार नै Reimbursable amount मा नै वार्ता गर्न निर्णय गरिएको हो। पहिलो परामर्शदाताको प्रस्ताव अस्विकृत पश्चात बाँकी १ मात्र परामर्शदाता रहेको र Negotiation मा प्रस्तावदाताले आफ्नो Reimbursable amount USD 4,33,000 उल्लेख गरेको ।सम्झौतामा उल्लेखित Appendix c: breakdown of price तथा सम्झौतामा संलग्न Annex c: मा hardware requirement connectivity, data centre, enabling software को लागि मुल्य उल्लेख भएको कागजात नै Bill of quantity रहेको । DR site को उपकरणहरुको 90%, software को 30% र International Training बापत 90% payment भएको । LEA Module लागु गर्दा समेत सो प्रावधान अनुरुप नै गर्नुपर्ने हुदाँ सम्मानित अदालतको आदेश अनुरुप नै हुनेछ। परामर्शदाताले उक्त Requirement बमोजिम प्रणाली तयार गरको तर प्रयोगमा आई नसकेको अवस्था रहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन निर्देशक/बरिष्ठ निर्देशक आनन्दराज खनालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:

EIR लाई कार्यन्वयन गर्ने गरी निर्देशन प्रात भएको, Centralised EIR System लागु गर्न सम्भावना र विधिका सम्बन्धमा अध्ययन गर्न कार्यटोलि गठन भै study Report पनि पेश गरिएको र सोही क्रममा अन्तराष्ट्रिय परामर्शदाता मार्फत Centralised EIR MDMS System को विस्तृत विवरण तयार गर्न छनौट भएको परामर्शदाताको प्रतिवेदन कै आधारमा MDMS ByLaw 2075 प्राधिकरणबाट स्विकृत भै लागु भएको। खरिद सम्बन्धि विनियमावली, RFP को ढाँचा तयार गर्ने जस्ता विषयमा अध्यक्ष स्वयं खरिद विज्ञको रुपमा समेत अनुभव प्राप्त हुनु भएको, खरिद एकाई खरिदको विशिष्टकृत संरचना भएकोले मेरो निर्णयहरु अन्तिम नहुने र यस प्रणालिको समग्र अध्ययन हुन सक्ने भएकोले हामीले त्यस्तै योग्यता क्षमता अनुभव र विश्वासनियता भएको परामर्शदाता छनौट गर्न सकियोस भनेरै लागत अनुमान तयार गरी अध्यक्षलाई पेश गरेको। खरिद गुरुयोजना तयार गर्न प्राधिकरणको अध्यक्ष सहित विशिष्टकृत निकाय खरिद एकाई गठन गरिएको र खरिद सम्बन्धी सम्पुर्ण कार्य प्राधिकरणको प्रत्येक शाखा, विभाग, महाशाखाद्धारा नभै एकिकृत रुपमा खरिद एकाई तथा अध्यक्षबाट निर्णय हुने।परामर्शदाताले Bid documents, RFP, Cost estimate पेश गर्नु पर्ने थियो।परामर्शदाताले पेस गरेको प्रतिवेदनमा Shared EIR (SEIR) solution Including operating solution and database शिर्षक अन्तर्गत राखिएको USD 50,00,000(Five Million) को Break Down Details छैन। Laurasia Associate परामर्शदाताले पेश गरेको अन्तिम प्रतिवेदनमा आधारीत MDMS Bylaw बारे छलफल तथा निर्णयका लागि प्रस्ताव पेश गर्न स्विकृत भएको र 2075/6/21 मा RFP Document र लागत अनुमान स्विकृत गरिएको हो ।

नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक अच्यूतानन्द मिश्रले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान:-

आ.व.2074/75 मा तत्कालिन शाखाबाट स्विकृत आशयपत्र, स्विकृत कार्य विवरण तथा स्विकृत लागत अनुमान र स्विकृत Request for proposal (RFP) अनुसार तत्कालिन खरिद एकाइको संयोजक तथा मुल्याङ्कन समितिको सदस्य सचिवको भुमिकामा Design, Develop, Supply, Installation, Testing, Commissioning and operation of Mobile device Management System (MDMS) को कार्य गरेको। आ.व.2074/75 मा MDMS प्राणालीको लागि बोलपत्र कागजात तथा लागत अनुमान तत्कालिन स्तरिकरण तथा पुर्वाधार विकास शाखा, सम्बन्धित विभाग र सम्बन्धित महाशाखा मार्फत तयार भई अध्यक्षज्युबाट स्विकृत भई खरिद कार्य अगाडि बढेको ।मोबाईल डिभाइस म्यानेजमेन्ट प्रणाली विनियमावली, 2075 मा खरिद र पाँच वर्ष संचालन सहितको मोडालिटी सहित विषयको विस्तृत योजना भएको र सोलाई गुरुयोजनाको रुपमा लिएको । खरिद सम्बन्धि सम्पुर्ण जिम्मेवारी प्राधिकरणको खरिद विनियमावली, 2073 अनुसार अध्यक्षज्युको भएकोले सोही अनुसार RFP जारी भएको। MDMS परामर्श सेवा मार्फत ६ महिना भित्र प्रणाली स्थापना गर्ने, तत पश्चात 4.5 वर्ष सम्म Support गर्ने गरी परामर्श सेवा खरिद कार्य गरिएको। EIR Solution and Software for operator level आवश्यक नपर्ने रकम unit rate को आधारमा कट्टा गर्नु पर्ने हुन्छ । आर्थिक प्रस्तावमा Bill of Quantity पेश गर्नु पर्ने थियो। Mobile Device Management System (MDMS) प्रणालीको Software तथा Service बाहेकको कार्य goods पनि भएकोले उल्लेखित कानुन अनुसार नै Bid security राखेको। ११ March 2019 मा भएको Financial proposal opening Minute अनुसार Nuemera (M) Sdn.Bhd.-OSI-Namaste (JV) को प्रस्तावित price USD 74,99,888 (Excluding VAT) र M/S Mobillon trade International Pvt. Ltd. Infra data Green IT solution को quoted price USD 70,71,205.77 (Excluding VAT) रहेको। आर्थिक प्रस्ताव मुल्याङ्कन समितिले पेश गरी सकेपछि Nuemera (M) Sdn.Bhd. Malaysia M/S OSI Digital Pvt. Ltd. And M/S Namaste Global comm. Pvt. Ltd बाट Mobillon trade International Pvt. Ltd. Nepal Infra data N.V. and Green IT solutions Pvt. Ltd. Nepal (JV) को conflict of Interest छ भनि उजुरी प्राप्त भएकोमा मुल्याङ्कन समितिको सिफारिस परिवर्तन गर्नको लागि अध्यक्षज्युले मुल्याङ्कन समितिमा पठाउनु भएकोमा मुल्याङ्कन समितिले सिफारिस परिवर्तन गर्न तथा conflict of Interest (Mobillon trade international) को भए नभएको सम्बन्धमा यकिन गर्न नसक्ने मौखिक जानकारी गराए पश्चात अध्यक्षज्यु स्वयंले Conflict of interest (Mobillon Trade International) रहेको भनि निर्णय गरी सार्वजनिक खरिद ऐन 2063 को दफा 36 अनुसार Nuemera (M) Sdn.Bhd. M/S OSI Digital Pvt. Ltd सँग वार्ता गर्न निर्णय भएको ।आथिक प्रस्तावमा Reimbursable amount USD 1,90,110 उल्लेख भएको थियो। खरिद वार्ता हुँदा उक्त छलफलमा के-कस्ता कागजातको आधारमा वार्ता भएको थियो हाल सम्झना भएन। परामर्शदाताले BOQ अनुसार USD 4,33,000 रकम छुट दिने जानकारी गराएको सोही अनुसार सो रकम घटेको। हाल Full Fledge operation मा भएको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक अच्युता नन्द मिश्रले अधिकार प्राप्त अधिकारी समक्ष गरेको ततिम्बा बयान:

यस कार्यको लागि परामर्शदाताबाट प्राप्‍त प्रतिवेदनमा Shared Equipment Identity Register (SEIR) लाई तत्कालिन शाखा/महाशाखा/ विभाग मार्फत सोहि प्रतिवेदनको आधारमा MDMS संचालन सम्बन्धी विनियमावली २०७५ जारी भएको र सोहि अनुसार तत्कालिन शाखा/महाशाखा/ विभाग मार्फत MDMS सम्बन्धी कार्य विवरण तथा RFP Document समेत तयार गरी खरिद कार्य गर्नको लागि तत्कालिन खरिद एकाईमा प्राप्‍त हुन आएको । EIR Operator (सेवा प्रदायक) को मा हुन्छ । प्राधिकरणमा Central EIR हुने र सो EIR लाई सेवा प्रदायक समेतले प्रयोग गरी आफ्नो EIR मा Update गर्ने भएकोले प्राधिकरणमा स्थापना हुने EIR लाई Shared EIR नामाङ्कन गरेको । Central EIR नै SEIR/MDMS भएको। JV को अन्य संस्थाहरु OSI Consulting Pvt. India तथा Namaste Global Comm Pte. Ltd. (Singapore) ले भुक्तानीको लागि Nuemera (M) Sdn. Bhd. लाई Authorized गरेकोले Nuemera (M) Sdn. Bhd.लाई भुक्तानी भएको । OSI Consulting तथा Namaste Global Comm Pte. Ltd. को नाममा भुक्तानी भएको छैन। Exchange Rate को सम्बन्धमा तत्कालिन अध्यक्ष्यज्यूबाट मिति २०८०।०६।०७ मा निर्णय भएको। महाशाखा प्रमुख तथा अध्यक्ष्यज्यूको निर्णयानुसार Invoice पेश भएको मितिको Exchange Rate कायम भएको। मेरो जानकारी अनुसार MDMS को ६ वटै Module संचालनमा नभएको। Anuj Singh को फोटो नभएकोले निजको राहदानी नं. Z2209484 उल्लेख भएको व्यक्तिगत विवरण यकिन गर्न सकिन । Jameel Ahmed को फोटो अनुसार राहदानी नं. S9864769, Mohamed Shihab Bin Kunhi Mohamed को फोटो अनुसार राहदानी नं. A53152064 र Mohd Noor Amin Bin Mohd Noor Khan को फोटो अनुसार राहदानी नं. A54264587 को विवरण देखिन्छ।निजहरु सम्झौता वार्ता तथा काम गर्ने सिलसिलामा देखेको छु । राहदानीमा राहदानी नं. A54264587 मा उल्लेखित नाम Mohd Noor Amin Bin Mohd Noor Khan नै सम्झौतामा उल्लेखित Datuk Mohd Noor Amin (Group Chairman), राहदानी नं. A53152064 मा उल्लेखित Mohamed Shihab Bin Kunhi Mohamed नै वार्तामा उल्लेखित Datuk Mohamed Shihab, राहदानी नं. S9864769 मा उल्लेखित नाम Jameel Ahmed नै वार्ता तथा सम्झौतामा उल्लेखित व्यक्तिहरु एकै हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ