महालेखापरीक्षकको सिफारिस र सुनुवाई किन फास्ट ट्रयाकमा भइरहेको छ ?


काठमाडौं । आइतबार मात्र संवैधानिक परिषद्बाट महालेखापरीक्षककमा नियुक्तिका लागि सिफारिस भएका तोयम रायको आज संसदीय सुनुवाईको प्रकिया अगाडि बढ्ने भएको छ । महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस भएका रायाको सोमबार साढे १० बजे संसदीय समितिको बैठक बस्दैछ ।

संसदीय सुनुवाई विशेष समितिको बैठकले उनको सुनुवाइ अगाडि बढाउने तयारी गरेको छ । महालेखापरीक्षकमा सिफारिस रायाविरुद्ध उजुरीको आह्वान गर्ने प्रक्रिया अघि बढ्ने छ ।

महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन नै राष्ट्रपति समक्ष बुझाउन समस्या भएपछि हतारहतार महालेखापरीक्षकको नियुक्ति सिफारिस र सुनुवाई प्रक्रिया अघि बढाइएको हो । कार्यबाहक महालेखापरीक्षकले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका उदाहरण नभएका हैनन् तर महालेखापरीक्षक हुँदा राम्रो म्यासेज जान्छ ।

निर्वाचन आयोगमा एक आयुक्त रिक्त रहेपनि त्यहाँ खासै समस्या परेको छैन । तर महालेखापरीक्षक नहुँदा समस्या नै समस्या आएको छ । त्यसैले महालेखापरीक्षकको सिफारिस, सुनुवाई र नियुक्ति फास्ट ट्रयाकमा अगाडि बढेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ