नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघको नयाँ कार्यसमिति गठन

काठमाडौं । नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघको १३ सदस्यीय कार्यसमितीकाे औपचारिक घोषणा भएको छ।
विप्लव रञ्जितको अध्यक्षतामा गठन भएको संघकाे वरिष्ठ उपाध्यक्ष सुसान्त मुरारका, उपाध्यक्ष डा.चन्दन न्यौपाने, महासचिव सुरज पौडेल, कोषाध्यक्ष संजिव काफ्ले, सचिव विनोद विष्ट, सदस्यहरुमा दिपकराज पाण्डेय, परशुराम भट्टराई, श्याम सुन्दर श्रेष्ठ, अनिल थापा, शोभा थापा, सुदिपराज सुवेदी र किशोरी घिमिरे रहेका छन्।
बिरामीहरु रोगसँग जुधिरहँदा भविष्यमा रोग नदोहोरियोस् भन्नका लागि आहारपुरक सामग्रीको प्रयोग महत्वपूर्ण रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत शिव भण्डारीले २०७२ सालदेखि नै आहारपुरक सामग्रीको बिक्रीको अनुमति भएपनि हालसम्म आयातकर्ता तथा औषधि व्यवस्था विभागबिच द्वन्द्व रहेको बताए।
नेपालमा हाल २२ वटा कम्पनीहरुले नेपालमा नै आहारपुरक सामग्रीको उत्पादनका लागि लाइसेन्स समेत लिइसकेको भण्डारीले बताए । विदेशबाट आयात हुँदै आएका यस्ता सामग्रीहरुले राजस्वमा ठूलो हिस्सा ओगटेकाले तत्कालै सरकारले यस्ता सामग्रीको आयात रोक्ने मनस्थिती नबनाएको उनको धारणा थियो।
क्याटेगोरी : जीवनशैली, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस