आजदेखि राष्ट्रिय भिटामिन ए कार्यक्रम सुरु

काठमाडौं । राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि सुरु भएको छ । बैशाख ६ र ७ गते दुई दिन चल्न राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि सुरु भएको हो ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल आज बिहीबार र भोलि शुक्रबार दुई दिन खुवाइने जनाइएको छ । ३२ लाख बढी बालबालिकाका दुई दिनभित्र भिटामिन ए क्याप्सुल खुवाउने सरकारी लक्ष्य रहेको छ । भिटामिन ए सँगै जुकाको औषधी समेत खुवाउने तयारी छ । २९ लाख बालबालिकाकालाई जुकाको औषधी खुवाउने प्रबन्ध मिलाएको पाइन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस