कांग्रेस सांसद खड्काले भाडामा लगाएको लैनचौर ब्याङ्कैटमा प्रशासनको ताला


काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटको जग्गा कब्जा गरेर भाडामा लगाएको लैनचौर ब्याङ्कैटमा प्रशासनले ताला लगाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं र काठमाडौं प्रहरीको संयुक्त टोलीले उक्त ठाउँमा ताला लगाएको हो ।

प्रशासनको टोलीले एउटा रेष्टुरेन्टमा ताला लगाइसकेको छ।मुख्य पार्टी प्यालेसमा बिबाहको पार्टी चलिरहेकाले टाेली कुरिरहेकाे प्रशासनको टोलीले जानकारी दियो। अब केहीबेरमा उक्त पार्टी प्यालेस पनि ताला लगाउने प्रशासनको तयारी छ ।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रतिनिधि सभा सदस्य खड्काले भाडा लगाएर रजाइँ गरिरहेको लैनचौरमा प्रशासनले एक्सन लिएको हो ।

राजनीति शक्ति र सत्ताको आडमा स्काउटको जग्गा कौडीको भाउमा कब्जा गरेर भाडा खाइरहेका सांसद खड्का रविको फेला परेका छन् । उनीसँग करोडौं भाडा बक्यौता उठाएर खड्का ल्याण्डले कब्जा गरेको स्काउटको जग्गा फिर्ता ल्याउने प्रशासनको तयारी छ । त्यसै अनुसार बिहीबार राति प्रशासन र प्रहरीको टोली लैनचौर पुगेको हो ।

क्याटेगोरी : विविध
ट्याग : #नेपाल स्काउट, #सांसद दिपक खड्का

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ