मेलम्ची प्रकरण: भीम उपाध्याय ५० हजार धरौटीमा छुटे


काठमाडौं । पूर्वसचिव भीमप्रसाद उपाध्याय ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा उनी विशेष अदालतमा हाजिर भएर ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत फागुन ६ गते तत्कालीन खानेपानी सचिव उपाध्याय विरुद्ध चार करोड ११ लाख बिगो मागदावीसहित विशेष अदालतमा भ्रष्टाचार गरेको थियो । उनी आइतबार विशेष अदालतमा हाजिर भएर बयान तथा थुनछेक बहस भइ ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ