पर्यटक भिसामा नेपाल आएर काव्याको जिएम बनेका लुकासलाई जोगाउन चलखेल


काठमाडौं । नेपालमा पर्यटक भिसामा आएर नगरकोटस्थित काव्या रिसोर्ट एण्ड स्पाका महाप्रबन्धक (जिएम) बनेका पोल्याण्डका नागरिक लुकास प्रेन्डकेलाई जोगाउन चलखेल सुरु भएको छ ।

झन्डै ६ महिनादेखि भिसा दुरुपयोग गरेर नेपालमा काम गरिरहेका लुका सलाई जोगाउन, इन्भेष्टमेन्ट ग्रुप, विशाल ग्रुप र गोल्छा लागिरहेको खुल्न आएको छ । उनीहरु लुकासलाई जोगाउन जुन हदसम्मको सेटिङ गर्न पनि तयार रहेको बुझिन्छ ।

काव्यामा मासिक ८/१० लाख पारिश्रमिक बुझ्दै आएका लुकास पर्यटक भिसामा नेपाल भित्रिएका हुन् ।  उक्त तथ्य स्वास्थ्य लाइभले खुलासा गरेपछि अहिले लुकासलाई जोगाउन चलखेल सुरु भएको हो । बिहीबार मात्रै अध्यागमन विभागबाट भिसा अवधि थप गरेर लुकास काव्या पुगेका छन् । श्रीलंका पुगेर एक हप्ता अगाडि नेपाल फर्किएका उनी ठमेलको छायाँ सेन्टरस्थित होटल अलफ्टमा बस्दै आएका थिए । भिसा अवधि थपिएसँगै लुकास नगरकोटको काव्या पुगेका छन् । अलफ्ट र काव्या एउटै समूहद्वारा सञ्चालित होटल, रिसोर्ट हो ।

चीन, माल्दिभ्स र श्रीलंकामा समेत बदनामी कमाएका लुकासलाई नेपालमा अन्तर्राष्ट्रिय होटल तस्कर भियतनामी मुलुकको जर्मनी नागरिक टीजे ग्रुन्डी-हङले भित्र्याएका हुन् । लिफ हस्पिटालिजी कम्पनी चलाएका टीजेले उनलाई काव्यामा पुऱ्याएको पाइन्छ । यो विषयमा तत्काल अनुसन्धान गर्न जरुरी छ । स्वास्थ्य लाइभले लुकासको बदमासी खुलासा गर्नेवित्तिकै उनको श्रम स्वीकृति र कागजात मिलाउने काम सुरु भइसकेको छ । राज्य संयन्त्रलाई छलेर पर्यटक लुकासले काव्यामा काम गरिरहेको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अलफ्ट होटल, #काव्या रिसोर्ट एण्ड स्पा, #टीजे, #लुकास प्रेन्डके

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ