हात्तीपाइलेकाे औषधी सेवनबाट एक जनाकाे मृत्यु !
झापा । हात्तीपाइले राेग विरुद्धको औषधी सेवनबाट एक जनाकाे मृत्यु भएकाे छ । भद्रपुर १ निवासी ६५ वर्षिया महिलाको हिजाे साझ हात्तिपाईले बिरुद्ध को औषधी सेवनका कारण मृत्युु भएको बताइएकाे छ ।
परिवारले खाली पेटमा जबर्जस्ती औषधी खान लगाएकाे बताएका छन् । औषधी सेवन लगत्तै स्वास्थ्यमा समस्या आई अस्पताल लाने क्रममा निधन भएको थियाे । उक्त घटना लगत्तै स्वास्थ्य मन्त्राालयकाे टाेली त्यस तर्फ लागेकाे छ । मृतकको पाेष्टमाटम गर्न धरान पठाइएको छ । आम अभियान चलेकाले यसलाइ औषधी खाएर मृत्यु भएकाे भन्न सरकार अग्रसर देखिदैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस