पर्यटक लुकास काव्याको जिएम प्रकरण: अध्यागमन र श्रमले थाल्यो कारबाही


काठमाडौं । पर्यटक भिसामा नेपाल आएर काव्या रिसोर्ट एण्ड स्पाका महाप्रबन्धक (जिएम) बनेका लुकास प्रेन्डकेमाथि अध्यागमन विभाग र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एकसाथ कारबाही अगाडि बढाएको छ । अध्यागमन विभागले लुकासलाई विभागमा हाजिर हुन निर्देशन दिएको हो । त्यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अध्यागमन विभागलाई लुकासको विवरण मागेको छ ।

पर्यटक भिसामा नेपाल आएका लुकास नगरकोटको काव्या रिसोर्टका जिएम बनेको खुलासा गरेपछि अध्यागमन विभाग र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एकसाथ कारबाही बढाएको हो । अध्यागमन  विभागका महानिर्देशक कोषहरि निरौलाले लुकासमाथि कारबाही प्रक्रिया अघि बढेको जानकारी दिए । उनले यो विषयमा लुकासलाई अध्यागमन विभागमा हाजिर हुन निर्देशन दिएको बताए ।

स्वास्थ्य लाइभले समाचार प्रकाशित गरेपछि लुकासको विषयमा श्रमले पनि अध्यागमनसँग विवरण मागेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपले लुकासको विषयमा अध्यागमन विभागलाई पत्रचार गरेको पुष्टि गरे । अध्यागमनबाट थप विवरण आएपछि कारबाही प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काव्या रिसोर्ट एण्ड स्पा, #टीजे, #लुकास प्रेन्डके

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ